हिलोमा पछारेर दुर्व्यवहार गरेको भन्दै हिलारीविरुद्ध जुरेलीले दिइन् जाहेरी – Nepal Press

हिलोमा पछारेर दुर्व्यवहार गरेको भन्दै हिलारीविरुद्ध जुरेलीले दिइन् जाहेरी

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले असार १५ मनाउने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै हिलारी भनिने हिक्मत बोहराविरुद्ध जाहेरी दिएकी छिन् ।

जुरेलीले दिएको जाहेरी दर्ता भएको ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए । ‘जुरेलीले बिहीबार साँझ जाहेरी ल्याउनुभएको थियो । आज दर्ता भएर प्रकृयामा गएको छ’, एसपी शाहले नेपाल प्रेससँग भने ।

अदालतले पक्राउ पुर्जी दिएपछि हिलारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिने शाहले बताए । आरोपी शाह युवा संघका केन्द्रीय सदस्य पनि हुन् ।

ललितपुरको फर्सिडोलमा धान रोप्दै असार १५ मनाइरहेका बेला हिलारीले आफूलाई समातेर लडाएको आरोप जुरे‍लीको छ । उक्त कार्यक्रम युवा संघले नै आयोजना गरेको थियो ।

हिक्मले भने अस्मिताले भनेजस्तो आफूहरू अपरिचित नभएको बताउँदै आफूले नियतवस अस्मितामाथि कुनै दुर्व्यवहार नगरेको प्रष्टीकरण दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर