वर्कशप लैजाँदै गरेको अटो पल्टिँदा चालकको मृत्यु – Nepal Press

वर्कशप लैजाँदै गरेको अटो पल्टिँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-३ बोरिडाँडामा बनाउन लैजाँदै गरेको अटो पल्टिँदा चालकको मृत्यु भएको छ ।

सु. प. प्र ०१-००१ ह ४६३२ नम्बरको अटो पल्टिँदा त्यसले थिचेर सख्त घाइते भएका ५० वर्षीय लक्ष्मणसिंह बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो बिग्रिएको अटो बोहरालाई चलाउन दिएर ३० वर्षीय सुरेन्द्रसिंह मालले बोहराको सु. प .प्र ०१-००१ ह ४६२९ नम्बरको अटो आफूले चलाएका थिए ।

मालले बोहराले चलाएको अटोलाई डोर्‍याएर तान्दै बनाउन लैजाँदै गरेको अवस्थामा पल्टिएको हो । बोहराको छाती, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर