निलम्बित एमाले सांसद गुलेफुन खातुनको राजीनामा – Nepal Press

निलम्बित एमाले सांसद गुलेफुन खातुनको राजीनामा

काठमाडौं । सरकारी दस्तखत कीर्ते मुद्दामा पक्राउ परी निलम्बन भएकी प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजीनामा दिएकी छन् ।

नेकपा एमालेकी समानुपातिक संसद खातुनले बुधबारै राजीनामा दिएकोमा बिहीबार सभामुख प्रदीपकुमार भण्डारीले स्वीकृत गरेका छन् । प्रदेशसभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

उनलाई सरकारी सहीछाप कीर्तेको आरोप लागेको थियो । फरार रहेकी खातुन अहिले प्रहरी थुनामा छिन् । उनको ठाउँमा बन्दसूचीमाबाट अर्की महिलालाई जिताउने बाटो खुलेको छ । चार पाँच महिनाका लागि एमालेले अर्को सदस्यलाई निर्वाचित गर्ने वा नगर्ने टुंगो लागेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर