एसपीपीका विषयमा पठाइएको पत्र सदनमा पेस गर्न नेम्वाङको माग (भिडिओ) – Nepal Press

एसपीपीका विषयमा पठाइएको पत्र सदनमा पेस गर्न नेम्वाङको माग (भिडिओ)

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एसपीपीका विषयमा पठाइएको पत्रका विषयमा प्रश्न उठेपछि रक्षा मन्त्रालय र सेनाले उक्त पत्र सदनमा पठाउनुपर्ने बताएका छन् ।

सदनमा पत्र आइसकेपछि त्यसमा संलग्नका बारे स्पष्ट हुने र संसदको भूमिका पनि प्रभावकारी हुने नेम्वाङको भनाइ छ । संसद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सांसदहरुले उठाएका प्रश्नको स्पष्ट जवाफ आउन नसके सदन कमजोर हुने बताए । नेम्वाङले प्रतिपक्षीलाई बाहिर राखेर छलफल गर्ने कुरा संसदीय अभ्यासभित्र नपर्ने भन्दै यसमा सवैले ध्यान दिनुपर्नेमा जोड दिए ।

उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको पद खाली रहेको प्रसंग झिक्दै यसको जिम्मेवारी सवै दलले लिनुपर्ने नेम्वाङको भनाइ थियो ।

करका दर परिवर्तन गर्दा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा सीसीटीभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर