जनताप्रति उत्तरदायी शासन संसदीय लोकतन्त्रमा मात्रै सम्भवः प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

जनताप्रति उत्तरदायी शासन संसदीय लोकतन्त्रमा मात्रै सम्भवः प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘जनताबाट निर्वाचित, अनुमोदित प्रतिनिधि रहने संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ हो,’ देउवाले भने,‘जनताप्रति उत्तरदायी शासन व्यवस्थामा संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुन्छ भन्ने हामी सबैले बुझेको विषय हो ।’

पछिल्लो समय संविधान सभाबाट जारी संविधानले पनि दुई सदनात्मक संसदीय व्यवस्था अनुसरण गरेको उनले बताए ।

‘संसद दिवसजस्ता कार्यक्रमले संसद सम्प्रभुता र महत्वलाई आमसर्वसाधारणसमक्ष उजागर गर्ने र लोकतन्त्र एबं संसदीय व्याख्या थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री देउवाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर