जोकोभिच विम्बलडनको तेस्रो चरणमा, राडुकानु बाहिरिन् – Nepal Press

जोकोभिच विम्बलडनको तेस्रो चरणमा, राडुकानु बाहिरिन्

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम विम्बलडनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार सेन्ट्रल कोर्टमा सम्पन्न दोस्रो चरणको खेलमा थानासि कोकिनाकसलाई ६-१, ६-४, ६-२ को सोझो सेटमा पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । उनले तेस्रो चरणमा मायोमिर केकमानोभिकसँग प्रतिस्पर्धा गर्नेछन् ।

केकमानोभिकले दोस्रो चरणमा एलेजान्ड्रो टाबीलोलाई हराउँदै तेस्रो चरणमा जोकोभिचसँगको भेट पक्का गरेका थिए ।

यस्तै, महिला तर्फको खेलमा ब्रिटिस नम्बर १ इम्मा राडुकानु बाहिरिएकी छिन् । विश्व वरीयताको १०औं स्थानकी राडुकानु फ्रेन्च खेलाडी कारोलाइन गर्सियासँग सोझो सेटमा पराजित भइन् । गर्सियाले तेस्रो चरणमा स्थान बनाउन राडुकानलाई ६-३, ६-३ ले सहज रूपमा हराइन् ।

गर्सियाले चौथो चरण प्रवेशका लागि चीनकी साङ सुवाईको सामना गर्नेछिन् ।

सुवाइले दोस्रो चरणमा मार्टा कोस्ट्युक लाई ७-६ (८-६), ६-२ को नतिजामा हराएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर