धनराज चढेको गाडी सडकबाट चिप्लेर खोल्सामा, ढुंगाले जोगायो – Nepal Press

धनराज चढेको गाडी सडकबाट चिप्लेर खोल्सामा, ढुंगाले जोगायो

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

उपसभापति गुरुङ चढेको गाडी रामेछापकाे गोगनेमा अचानक सडक किनारबाट तल झर्न लाग्दा ढुंगाको ओत लागेर दुर्घटना हुनबाट जोगिएको हाे ।

गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कारपियो सडकबाट चिप्लेर खोल्सामा झर्न लाग्दा अगाडि ढुंगाको ओत लाग्न पुगेकोले ठुलो घटना हुनबाट जोगिएको उपसभापति गुरुङले बताए । उनीसँगै सवार सबै सुरक्षित रहेको उनले बताए ।

पपत्नी वियोगमा रहेका कांग्रेस केन्द्रीय सदस्य प्रदिप सुनुवारलाई ओलखढुंगाको खिजिदेम्बामा भेटेर फर्किने क्रममा रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँको गोगनेपनी चौरनेर गाडी चिप्लिएर सडकमुनी खस्न लाग्दा जोगिएको कांग्रेस नेता रत्न कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *