बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा – Nepal Press

बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

रुपन्देही ।वर्षासँगै बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरूद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ । आज बिहानदेखि बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

रातभर डाइभर्सन निर्माणको काम गरेर विहान ३ बजेदेखि एकतर्फी तथा विहान ५ बजेपछि दुई तर्फी सडक खुलाउन सफल भएको हो ।

मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो ।

डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरू गरेका छन् । यसैगरी बुटवल–पाल्पा सडक खण्ड पनि सुचारु भएको छ । वर्षाका कारण माथिल्लो सिद्धबाबा नजिकै खहरे खोलाले बगाएर ल्याएको गग्रेटो र ढुङ्गाका कारण सडक अवरुद्ध भइरहने समस्या रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *