कञ्चनपुरमा घर भत्किँदा शिशुको मृत्यु, दुई जना घाइते – Nepal Press

कञ्चनपुरमा घर भत्किँदा शिशुको मृत्यु, दुई जना घाइते

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा एक शिशुको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करिब ४/५ महिनाको शिशुको पुरानो घरमा पुरिएर मृत्यु भएको हो ।

घर भत्किदा ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

उनका अनुसार मृतक शिशु र घाइते बालक घरभित्रै सुतेका थिए भने अर्का घाइते थारु घर छेउमै विश्राम गरिरहेका थिए ।

यस्तै जिल्लाकै शुक्लाफाँटा नगरपालिकाबाट एक बालक बेपत्ता भएका छन् । शुक्लाफाँटा नगरपालिका १० झलारीबाट १३ वर्षका रघुवीर जोशी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

टोटी खोलामा बेपत्ता भएका वालकको खोजी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर