भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा – Nepal Press

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

काठमाडौं । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्।

बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सामाजिक संजालको लाइभमा भनेका छन् ‘म शिव सैनाहरुको रगत बगोस् भन्ने चाहन्नँ। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’

ठाकरे त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए।

यसअघि बुधबार राति करिब ९ बजे सर्वोच्च अदालतले बहुमत परीक्षण रोक्न अस्वीकार गरेको थियो।महाराष्ट्रका गभर्नरले बिहीबार बिहान ११ बजे फ्लोर टेस्ट गर्न भनेका थिए।

उद्धव ठाकरेले शिवसेनाका विद्रोही विधायकलाई पनि निशाना बनाएका छन् ।

उद्धव ठाकरेले महाविकास अगाडी गठबन्धनका सदस्य कांग्रेस र एनसीपीलाई धन्यवाद दिएर आफ्नो सम्बोधन सुरु गरे। उनले सरकारको साढे दुई वर्षको कार्यकालमा गरेका उपलब्धिहरू गणना गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *