विपुल क्षेत्रीले पाए ग्रामी अवार्डमा मतदान गर्ने अधिकार – Nepal Press

विपुल क्षेत्रीले पाए ग्रामी अवार्डमा मतदान गर्ने अधिकार

काठमाडौं । साङ्गीतिक क्षेत्रको सबै भन्दा सर्वोच्च अवार्डको रूपमा रहेको ग्रामी अवार्डमा नेपाली भाषी गायक विपुल क्षेत्रीले मतदान गर्ने अधिकार प्राप्त गरेका छन् ।

रेकर्डिङ एकेडेमीले ग्रामी अवार्डको सदस्यताको रूपमा मोनोनीत गरेसँगै विपुलले सो अवसर प्राप्त गरेका हुन् ।

एकेडेमीले विपुल सहित अन्य दुई हजार संगीतकर्मीलाई पनि सदस्य मनोनीत गरेको छ ।

उनीहरूले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । विपुल क्षेत्री युवा पुस्ता माझ चर्चित गायक हुन् ।

उनले सन् २०१४मा ‘स्केच अफ दार्जिलिङ’ नामक गीति एल्बम मार्फत आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए ।

उनका देउराली डाँडा, राम साइली, जुनकिरी, सिन्डिकेट, नौ लाखे तारा, कतै उसलाई, गहिरो गहिरो बोलका गीतहरू बजारमा चर्चित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर