बेरुजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाउन राष्ट्रपतिको जोड (भिडिओ) – Nepal Press

बेरुजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाउन राष्ट्रपतिको जोड (भिडिओ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाइनुपर्ने बताएकी छन् ।

महालेखा परीक्षक कार्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु बढिरहेकोले फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाउँदै आर्थिक अनुशासन पालना गर्नुपर्नेमा जोड दिएकी हुन् ।

‘महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रूपमा लिनुपर्छ । सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता अहिलेको आवश्यता हो ।’

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्छ्यौट सरकारले प्रयास गरिरहेको भन्दै वित्तीय व्यवस्था सुधारलाई प्राथमिकतामा राखिएको जानकारी गराए । सार्वजनिक संस्थाहरूमा आर्थिक अनुशासन कायम गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रममा महालेखापरीक्षक टङ्कमणि शर्माले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराए । यसबर्ष बेरुजु फर्छ्यौटमा उत्साहजजनक काम हुन नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर