असार १५ मा ११ गुणा बढी बिक्यो डीडीसीको दही – Nepal Press

असार १५ मा ११ गुणा बढी बिक्यो डीडीसीको दही

काठमाडौं । आज एकैदिन राष्ट्रिय दुग्ध विकास संस्थान (डीडीसी) ले ५७ हजार लिटर बढी दही बिक्री गरेको छ । आज असार १५ गते सो परिमाणको दही बिक्री भएको डीडीसीले जनाएको छ ।

गत वर्षको असार १५ मा ४२ हजार दही बिक्री भएको थियो । गत वर्षको तुलनामा यो वर्ष १५ हजार लिटर बढी दही बिक्री भएको डीडीसीले जानकारी दिएको छ ।

डीडीसीका अनुसार दैनिक सरदर पाँच हजार लिटर दही बिक्री हुँदै आएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष दहीको माग ह्वात्तै बढेको हो ।

निजी क्षेत्रका डेरीहरुमा पनि आज बढी नै दही बिक्री भएको छ । असार १५ गते साना–ठूला सबै होटल पनि दही–चिउरालाई प्राथमिकता दिँदा दहीको माग ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर