यसरी निभाइयाे बालुवाटारको औषधी गोदाममा लागेको आगो – Nepal Press

यसरी निभाइयाे बालुवाटारको औषधी गोदाममा लागेको आगो

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक भवनमा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ  ।

सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधी गोदाममा लागेकाे आगाे तीन घण्टापछि नियन्त्रणामा आएकाे हाे । उक्त औषधी गोदाम सुनौलो परिवारको रहेको खुल्न आएको छ।

नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकल प्रयाेग गरेर  आगो निभाएकाे थियाे ।

आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयाेग गरिएकाे  थियाे ।

बिहान ७ बजेदेखि लागेकाे आगाे  के कारणले लाग्याे भन्ने खुल्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *