आफ्नै कार्यालय धितो राखेर ३ अर्ब ऋण निकाल्दै आयल निगम – Nepal Press

आफ्नै कार्यालय धितो राखेर ३ अर्ब ऋण निकाल्दै आयल निगम

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार कर र पछिल्लो समय घटाउने भनेको कर घटाउन नसक्दा नेपाल आयाल निगम टाट पल्टिने अवस्थामा पुगेको छ ।

महंगोमा पेट्रोलियम पदार्थ किनेर महंगोमा नै विक्री गरिरहेको निगममा चरम राजनीति करणले आर्थिक समस्यामा जान थालेको हो ।

सर्वसाधारणबाट मूल्य वृद्धिको चर्को विरोध भएका बेला सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ र पछिल्लो समय पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर घटाउने भनेर घोषणा नै गरेको थियो

। तर अर्थ मन्त्रालाय कर घटाउन सहमत नहुँदा निगमले आफ्नै सम्पत्ति राखेर ऋण लिन लागेको हो ।

नेपाल आयल निगमले इन्धन किन्ने पैसा नभएपछि आफ्नै केन्द्रिय कार्यालय र आफ्नो जमिन धितोमा राखेर ऋण लिने भएको हो । निगमले २९ रोपनी जग्गा र केन्द्रिय कार्यालय धितोमा राखेर ३ अर्ब ऋण लिन लागेको छ ।

अर्थमन्त्रालय जमानी बसेपछि निगमले ऋण पाउने छ ।स्रोतका अनुसार सरकराको लगानी रहेको राष्ट्रिय वाणिाज्य बैंक निगमलाई ऋण राजी भएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा, वाणिज्य मन्त्री दिलेन्द्र वडु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।विश्व पौडेल, निगमका कार्यकारी निर्देशक उमेश थानीले निगमको सम्पति धितो राखेर ऋण लिन लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर