हेटौंडामा अनलाइन जुवा खेलाउने ११ जना पक्राउ – Nepal Press

हेटौंडामा अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

हेटौंडा । हेटौंडाबाट अनलाइन जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ परेका छन् ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका- ४ कमलडाँडास्थित रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तलामा सञ्चालित सूर्यप्रसाद टेक्नोलोजी प्रालिमा पैसाको हारजित हुने गरी अनलाइन गेम खेल्ने र खोलाउने ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता कार्कीले जुवा खेलाउने प्रयोग हुने इलेक्ट्रोनिक्स डिभाइसहरू सहित उनिहरुलाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेहरुमा हेटौंडा-९ लामसुरेका २३ वर्षीय निशान आचार्य, हेटौंडा-४ कमलडाँडाका २४ वर्षीय राजिव गौतम, ११ नम्बरका मधुकर बानिया, १४ नम्बरका वडा चुरीयामाईका २४ वर्षीय निमा थिङ, १२ नम्बर वडाका २३ वर्षीय विकास बल, मनहरी-४ मसिनेका २० वर्षीय जोसिल खत्री,गोरखा पालुङटार- ७ का २२ वर्षीय डुलास तामाङ, सोही ठाउँका २० वर्षीय तिकमान तामाङ, २१ वर्षीय राजु तामाङ, २५ वर्षीय अमोश तामाङ र बारा निजगढ ४ का २० वर्षीय अर्पण खड्का छन् ।

उनीहरूको साथबाट १ सय १० थान मोबाइल, ५ थान डेस्कटप कम्प्युटर, ३ थान ल्यापटप, ४ थान राउटर र १ लाख ४५ हजार ७५ रूपैयाँ प्रहरीले बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *