जनकपुरधाम डुबानमा, उपमेयरकै घरमा पानी पस्यो – Nepal Press

जनकपुरधाम डुबानमा, उपमेयरकै घरमा पानी पस्यो

जनकपुरधाम । भारी वर्षाका कारण मधेसको राजधानी जनकपुरधाम डुबानमा परेको छ । यहाँका उपमेयर किशोरी साहकै घर पनि डुबानमा परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १० स्थित उपमेयर साहको घरमा पानी पसेको छ । उनी सुत्ने कोठामा समेत पानी जमेको छ ।

उनीसहित सो वडाका दर्जनौँ सर्वसाधारणको घर पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाममा सामान्य वर्षा हुँदा पनि घर र पसलहरूमा पानी पस्ने गरेको छ । पानी निकासको उचित व्यवस्थापन नगरेका कारण वर्षेनी डुबानको समस्याले जनता र व्यापारी समस्या झेल्छन् ।

उपमेयर साहले डुबानको समस्या समाधान गर्न मेयर मनोज साहलाई भनेर नाला सफा गर्न लगाए पनि भारी वर्षाले घरहरूमा पानी पसेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर