एन्फाका नवनिर्वाचित अध्यक्ष पंकजलाई फिफा अध्यक्ष इनफानटिनोले दिए बधाई – Nepal Press

एन्फाका नवनिर्वाचित अध्यक्ष पंकजलाई फिफा अध्यक्ष इनफानटिनोले दिए बधाई

काठमाडौं। विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियान्नी इनफानटिनोले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएका छन् ।

इनफानटिनोले पत्रमार्फत बधाई सन्देश पठाएको एन्फाले जनाएको छ । सन्देशमा लेखिएको छ, ‘तपाईंको ज्ञान, नेतृत्व र अनुभवले नेपालमा सुन्दर खेलको विकासमा ठूलो प्रभाव पार्नेमा म विश्वस्त छु ।’

गत साता सम्पन्न एन्फा केन्द्रीय कार्य समिति निर्वाचनमा पंकजले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर