वामदेवको प्रक्षेपण- कम्युनिष्टहरू नमिले कांग्रेसको बहुमत आउँछ – Nepal Press

वामदेवको प्रक्षेपण- कम्युनिष्टहरू नमिले कांग्रेसको बहुमत आउँछ

काठमाडौं । नेकपा एकता राष्ट्रियता अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्ट पार्टीबीच एकता वा कार्यगत एकता नभए आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने दाबी गरेका छन् ।

रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट आन्दोलन धरासायी हुने अवस्था देखेको बताउँदै उनले यस्तो बताएका छन् ।

‘आज मैले देखिरहेको छु । यो कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको छ,’ उनले भने,‘एकता अथवा कार्यगत एकता गर्न सकेनन् भने, या त  गठबन्धनकै सहारामा कांग्रेसले बहुमत प्राप्त गर्नेछ त्यो नभएपछि प्रतिनिधिसभा र प्रदेशसभामा सबभन्दा ठूलो पार्टी बन्नेछ ।’

त्यसको ५ वर्षसम्म नेपाली कांग्रेसकै नेतृत्वमा राज्यका संरचनाहरू रहने उनले दाबी गरे । ‘त्यसपछि नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यकता पर्ने छैन, दोस्रो निर्वाचनमा,’ गौतमको भनाइ थियो ।

नेपाली कांग्रेस नेतृत्वमा भएका बेला यो देशले ठूलाठूला संकट व्यहोर्नुपरेको गौतमले बताए ।


प्रतिक्रिया

One thought on “वामदेवको प्रक्षेपण- कम्युनिष्टहरू नमिले कांग्रेसको बहुमत आउँछ

  1. जो चोर उसकैको ठूलो स्वर!
    आफै पार्टी फुटाउँदै नयाँ पार्टी बनाउँदै हिंड्ने अनि उसैले अर्ति दिने!
    बुर्जुवाहरूको ‘विभाजन र शासन’ रणनीतिअनुसार पार्टी फुटाउने मुख्य भुमिका खेल्ने अनि प्रक्षेपण गर्दै बाउ आमा छोरा दल संयोजक बन्ने!
    बुर्जुवाका मतियार मुर्दावाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर