स्थानीय तहमा निर्वाचित अखिलका नेता सम्मानित, को-को भए सफल ? (तस्बिरहरू) – Nepal Press

स्थानीय तहमा निर्वाचित अखिलका नेता सम्मानित, को-को भए सफल ? (तस्बिरहरू)

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएका विद्यार्थी नेताहरूमध्ये वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २० जना मात्र जनताबाट अनुमोदित भएका छन् ।

एमाले निकट अनेरास्ववियुले ७१ औँ मदन जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिमा निर्वाचित भएका विद्यार्थी नेताहरूलाई सम्मानित गरिएको हो ।

एमालेबाट निकट पाएकामध्ये स्थायी कमिटी सदस्य डम्बर बिसी अछामको तुर्माखाँद गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् भने सचिवालय सदस्य अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी छन् ।

त्यस्तै बारा जिल्ला कमिटी कोषाध्यक्ष सममाया थिङ निजगढ नगरपालिकाको उपमेयरमा निर्वाचित भएको अखिलले जनाएको छ ।

अन्य विभिन्न तहका नेताहरू वडाध्यक्ष र कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई एमाले महासचिव शंकर पोखरेल,विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य माधव ढुंगेल,अनेरास्ववियुका अध्यक्ष सुनिता बराल लगायतले सम्मानित गरेका थिए ।

सम्मानित भएका गाउँपालिका अध्यक्ष डम्बर बिसीले जनताको माया पाउन जनताकै सेवा गर्नुपर्ने भन्दै आफूसँग पैसा र ठूलो संगठन नभए पनि जनताबीच काम गरेका कारण चुनाव जित्न सफल भएको बताए । उनले सामुदायिक विद्यालयको सुधारमा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

त्यस्तै लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले अब आफ्नो भूमिका फेरिएको भन्दै प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेकाले अनेरास्ववियुको सचिवालय सदस्य लगायतको जिम्मेवारीबाट अलग हुने घोषणा गरिन् ।

उनले विद्यार्थी सङ्गठनहरूले अब आन्दोलनकारी भन्दा रचनात्मक स्वयंसेवी भूमिकामा प्रस्तुत हुनुपर्ने बताइन् । जनताबीच जोडिएर मात्र विद्यार्थी आन्दोलन सफल हुने उनको भनाइ थियो ।

त्यस्तै निजगढ नगरपालिकाकी उपमेयर सोममाया तामाङले विद्यार्थीको भूमिकाबाट जनप्रतिनिधिको भूमिकामा पुगेको भन्दै अब युवा र महिलालाई उद्यमशीलतामा जोड्न आफ्नो भूमिका रहने बताइन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई विकास र सम्बृद्धिका साथै उत्पादन तथा उद्यमशीलताका कार्यक्रममा केन्द्रित हुन महासचिव शंकर पोखरेलले निर्देशन दिए ।

यो पनि पढ्नुहोस् : एमालेबाट १० पालिका प्रमुख र उपप्रमुखमा विद्यार्थी उम्मेदवार, वडाध्यक्ष कति ? (सूचीसहित)

यी हुन् एमालेबाट निर्वाचित अनेरास्ववियुका जनप्रतिनिधि

१. डम्बर बिसी, तुर्माखाँद गाउँपालिका अध्यक्ष अछाम

२. अस्मिता थापा, लिखु गाउँपालिका उपाध्यक्ष ओखलढुंगाा

३. सोममाया तामाङ,निजगढ नगरपालिका उपमेयर बारा

वडाध्यक्षहरु

४. दिनेश भट्ट, दोगडा केदार बैतडी

५ .भरत कोने गुरुङ, अन्नपूर्ण गाउँपालिका कास्की

६. धर्मप्रसाद दाहाल, दमक नगरपालिका झापा

७. लोकेन्द्र बोहोरा, जयपृथ्वी नगरपालिका बझाङ

८. निरक बहादुर शाही, तुर्माखाँद गाउँपलिका अछाम

९. तेज शर्मा चापागाई, कुस्मा नगरपालिका पर्वत

१०. ओम बस्नेत, दोधारा चाँदनी नगरपालिका कन्चनपुर

११. बाबुराम अर्याल, बाणगंगा नगरपालिका कपिलवस्तु

१२. रवि रानाभाट, चन्द्रपुर नगरपालिका रौतहट

१३. गोविन्द चौरसिया, मनरा सिसवा नगरपालिका महोत्तरी

१४. वर्षात भण्डारी, तुलसीपुर नगरपालिका दाङ

१५. प्रज्ज्वल ढुंगाना, हरिवन नगरपालिका सर्लाही

१६. कमल भुल, दोगडा केदार गाउँपालिका बैतडी

१७. सुशील अधिकारी, वित्थडचिर गाउँपालिका बझाङ

१८. तपेन्द्रजंग विष्ट, मेलौली नगरपालिका बैतडी

कार्यपालिका सदस्य

१९. रवि सेन्चुरी, तिलोत्तम नगरपालिका रुपन्देही

२०. सुनिल धिमाल, उर्लावारी नगरपालिका मोरङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर