सभामुखसहितको संसदीय टोली अजरबैजान प्रस्थान – Nepal Press

सभामुखसहितको संसदीय टोली अजरबैजान प्रस्थान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन्।

बिहिबारदेखि शुरु हुने आन्दोलन संसदीय नेटवर्कको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल आज बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

अजरबैजानको राजधानी बाकुमा १८ गते सम्म आयोजना हुने सम्मेलनमा प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाकी सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखको स्वकीय सचिव गोविन्द पाठक सहभागी भएका छन् ।

उक्त कार्यक्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दैँ सम्बोधन गर्ने कार्यक्रम रहेको संसदीय समितिका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

सम्मेलनमा असंलग्न आन्दोलन संसदीय सञ्जालको कार्य ढाँचासम्बन्धी विधानअनुमोदन गर्ने तथा बाकु घोषणा जारी गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा प्रस्थान गर्ने प्रतिनिधि मण्डलका सहभागीलाई नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसदका महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले बिदाई गरेका थिए ।

प्रतिनिधिमण्डल १९ गते आइतबार बेलुका नेपाल फर्कने समय तालिका रहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर