अमेरिकामा के गर्दैछन् प्रधान सेनापति शर्मा ? – Nepal Press

अमेरिकामा के गर्दैछन् प्रधान सेनापति शर्मा ?

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका क्रममा यतिबेला अमेरिकामा छन् । उनी सोमबार त्यहाँ पुगेका हुन् ।

उनले पहिलो दिन भर्जिनियास्थित नेसनल म्युजियम अफ मेरिन कर्प्स र मेरिन कर्प्स बेसको अवलोकन गरेका छन् । त्यसक्रममा शर्माले मेरिन कर्प्स वार फाइटिङ ल्याबेरोटरीका कमान्डिङ जनरल ब्रिगेडियर जनरल कायल बी एलिसनसँग भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनले मारिन कर्प्स कमान्ड एन्ड स्टाफ कलेजको पनि अवलोकन गरेका छन् । केही समयअघि मात्र अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण गरेका थिए ।

त्यसपछि शान्ति सेनामा खटिएको नेपाली सेनाको सिरिया र लेबनास्थित फौजको अवलोकनपछि प्रधान सेनापति शर्मा अमेरिका पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर