ललितपुरमा ट्राफिक प्रहरीबाट चिकित्सक कुटिए – Nepal Press

ललितपुरमा ट्राफिक प्रहरीबाट चिकित्सक कुटिए

काठमाडौं। ललितपुरमा प्रहरी जवानबाट एक जना चिकित्सक कुटिएका छन्। ट्राफिक प्रहरी रहेका राजेन्द्र थापाले‍ आइतबार राति पौने ९ बजे डा. कुलबहादुर घिसिङलाई पिटेको आरोप लागेको छ।

मापसे चेकिङमा बसेका थापाले यातायात कार्यालय छेउको बाटोबाट हिँडिरहेको अवस्थामा आफुलाई पिटेको घिसिङले बताएका छन्। घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् ।

घिसिङले चिकित्सकको परिचय पत्र देखाउँदै पनि रगताम्य हुने गरि पिटाई खाएको भन्दै काम गर्ने वातावरण तयार गर्न चिकित्सक संघ नेपाललाई आग्रह गरेका छन्। पिटाईबाट घिसिङको नाकबाट रगत आएको थियो।

जवान थापाले बाटोमा हिँडिरहेको अवस्थामा एक्कासी ठोक्किन आएकाले विवाद भएको बताएको ललितपुर प्रहरीले जनाएको छ। ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले अनुसन्धान भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर