तारा एअरको दुर्गमका सबै उडान ठप्प – Nepal Press

तारा एअरको दुर्गमका सबै उडान ठप्प

काठमाडौं । खराब मौसमका कारण तारा एअरको दुर्गममा हुने सबै उडान ठप्प हुन पुगेको छ । काठमाडौंबाट लुक्ला र फाप्लुमा हुने सम्पूर्ण उडानहरु रद्ध गरिएको तारा एअरले जनाएको छ ।

त्यस्तै नेपालगञ्ज तथा सुर्खेतबाट हुने हुम्ला, जुम्ला, डोल्पा, रारा, बाजुराका विमानस्थलमा हुने उडान पनि खराब मौसमका कारण ठप्प रहेको तारा एअरले जनाएको छ ।

पोखरा विमानस्थलमा पनि हालसम्म मौसमका कारण कुनै पनि उडान भएको छैन । काठमाडौंबाट पोखराका लागि आज यती एअरलाइन्सका ६ वटा उडान तालिका रहेको छ ।

विराटनगरको मौसमका कारण १० बजेपछि मात्र उडान सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर