चन्द्रागिरी रिसोर्टको बैठकपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने वामदेव गौतमको निर्णय – Nepal Press

चन्द्रागिरी रिसोर्टको बैठकपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने वामदेव गौतमको निर्णय

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रिय एकता अभियान) रहने

काठमाडौं । नेकपा एकता अभियान संचालन गरिरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले अन्ततः पार्टी दर्ता गर्ने भएका छन् । उनले आजै पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्न लागेका हुन् ।

गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढ्ने भएको छ । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने भएको छ ।

गौतमले नेकपा विभाजनपछि चलाएको यो अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए । उनले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लागेका हुन् । उनको दलमा को को रहने भन्ने खुलेको छैन ।

पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए । चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर