पोखरीमा डुबेर कैलालीमा दुई बालिकाको मृत्यु – Nepal Press

पोखरीमा डुबेर कैलालीमा दुई बालिकाको मृत्यु

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा गए राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर बिष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको छ वर्षीया छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।

गाउँमा रहेको इँटाभट्टामा खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिका डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पु¥याएका थिए । क्लिनिकमा उपचारका क्रममा राति मृत्यु भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *