अमेरिकाको टेक्सासमा लरीभित्र ४० जना आप्रवासीको मृत भेटिए – Nepal Press

अमेरिकाको टेक्सासमा लरीभित्र ४० जना आप्रवासीको मृत भेटिए

काठमाडौं । अमेरिकाको टेक्सासमा लरी (ट्रक)भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ।

केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो।द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका थिए।

सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर