विप्लवको विद्यार्थी संगठनका मुख्य तीन पदाधिकारीले पार्टी त्यागेको दुइ महिनापछि नयाँलाई जिम्मेवारी – Nepal Press

विप्लवको विद्यार्थी संगठनका मुख्य तीन पदाधिकारीले पार्टी त्यागेको दुइ महिनापछि नयाँलाई जिम्मेवारी

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का मुख्य तीन पदाधिकारीले पार्टी परित्याग गरेको एक महिनापछि तीन जना केन्द्रीय सदस्यलाई उक्त जिम्मेवारी दिइएको छ । संगठनको भर्खरै सम्पन्न चौँथो पूर्ण बैठकले महासचिवको जिम्मेवारी ललित विक, सचिवको जिम्मेवारी प्रकाश जप्रेल र कोषाध्यक्षको जिम्मेवारी प्रतिमा चौधरीलाई दिएको हो ।

तत्कालिन महासचिव मिलन राइले उक्त पार्टी परित्याग गरेपछि रिक्त महासचिवको जिम्मेवारी स‌गठनका केन्द्रीय सदस्य विकलाइ दिइएको हो । यस्तै संगठनका  सचिव विरेन्द्र शाहले पनि पार्टी परित्याग गरेपछि रिक्त सचिवको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाश जप्रेलाइ दिइएको छ । यस्तै कोषाध्यक्ष रहेकी रुपा बुढामगरले पनि उक्त पार्टी परित्याग गरेपछि रिक्त रहेको कोषाध्यक्षको  जिम्मेवारी केन्द्रीय सदस्य चौधरीलाई दिइएको हो ।

यस अघि महासचिवको जिम्मेवारीमा  रहेका मिलन राइ, सचिवको जिम्मेवारीमा  रहेका विरेन्द्र शाह र कोषाध्यक्षको जिम्मेवारीमा रहेकी रुपा बुढामगरले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बाट अलग्गीएर धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट विद्यार्थी स‌गठन समातेपछि ति पद रिक्त रहेका थिए ।  अहिले महासचिव, सचिव र कोषाध्यक्षको जिम्मेवारी पाएका तीनै जना यसअघि केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

त्यस्तै संगठनले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय लिएको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । समान, निःशुल्क वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामूदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने निर्णयसमेत बैठकले लिएको छ ।

क्रान्तिकारीका नवनियुक्त महासचिव विकले संगठनले दुरगामी निर्णय लिएको भन्दै आगामी दिनमा विद्यार्थी आन्दोलनको साख जोगाउने गरि काम गरिने बताए ।

‘अखिल क्रान्तिकारी लाखौँ विद्यार्थीहरूको नेतृत्व गर्ने संगठन हो । विद्यार्थी मात्रै होइन, विद्यार्थीका अभिभावकका समस्या पनि हाम्रा समस्या हुन् भन्ने मान्यता हाम्रो संगठनले राख्छ । राज्यले मनपरी ढंगले आम मान्छेको जीवनमा असर पर्ने गरी काम गरिरहेको छ । त्यस विरुद्ध संगठनले कठोर संघर्ष गर्नेछ,’ उनले भने, ‘आम नागरिकका मुद्दासँग जोडिएर अखिल क्रानितकाकरीले आन्दोलन गर्दै आएको छ । सरकारको मनपरी विरुद्ध खब पनि क्रान्तिकारी सडकमा हुनेछ । जसले मुर्झाउँदै गरेको आन्दोलनको साखलाई जोगाउने छ ।’

उनले विद्यार्थी आन्दोलन सिंहदरबारमा विक्रि भइरहेको भन्दै सडकमा ल्याउने पनि घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर