जमनलाई अन्तर्राष्ट्रिय कराँतेमा २ पदक – Nepal Press

जमनलाई अन्तर्राष्ट्रिय कराँतेमा २ पदक

काठमाडौं । नेपाली खेलाडी जमनसिंह गुरुङले १४औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराँते च्याम्पियनसिपमा २ पदक जितेका छन् ।

उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ ।

दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई ५–३ ले पराजित गर्दै स्वर्ण जिते ।

त्यसअघि जमनले उज्वेकिस्तानका खेलाडीलाई २–० ले हराएका थिए । जमन विगत ५ वर्षदेखि दक्षिण कोरियामा छन् ।

उक्त प्रतियोगितामा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनले निर्णायकको भूमिका निर्वाह गरेको महेशले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर