आयोजक नेक्सस फाइनलमा – Nepal Press

आयोजक नेक्सस फाइनलमा

काठमाडौं। आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट प्रतियोगितामा फाइनल प्रवेश गरेको छ ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सोमबार नेक्ससले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुरलाई २८ रनले पराजित गर्‍यो ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला फिल्डिङ गरेको जिएचसीएलाई नेक्ससले निर्धारित २० ओभरमा १ सय १० रनको योगफल तयार पारेको थियो ।

एक सय ११ रनको लक्ष्य पाएको जिएचसीए १८।२ ओभरमा ८२ रनमा समेटियो । जिएचसीएका लक्की कठायतले १७ रन बनाए । नेक्ससका रोहन साहले ३ विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको नेक्ससका उत्तम थापा मगरले १ चौका र २ छक्का प्रहार गर्दै ४५ बलमा ४४ तथा रोहन साहले २ छक्का सहयोगमा ४७ बलमा ३३ रनको योगदान गरे ।

जिएचसीएका अजय यादव र रुपेश यादवले २–२ विकेट लिए ।

उपाधिका लागि नेक्ससले मङ्गलवार अपन राधेमाई युवा क्लबसँग खेल्ने छ । आइतबार भएको सेमिफाइनलमा राधेमाईले कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीमाथि ९० रनको सहज जित दर्ता गर्दै फाइनल पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर