बिदाइको आँशुबारे झाँक्रीले भनिन्- मैले आफूलाई सम्हाल्न सकिनँ, सरी – Nepal Press

बिदाइको आँशुबारे झाँक्रीले भनिन्- मैले आफूलाई सम्हाल्न सकिनँ, सरी

काठमाडौं । निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्री हिजो आयोजित बिदाइ कार्यक्रममा धरधरी रोएको विषयले निकै चर्चा पायो । केहीले उनीप्रति सहानुभूति जनाए पनि धेरैले भने आलोचना र खिसिट्यूरी गरे ।

झाँक्रीले आज सामाजिक सञ्जालमा आफ्नो रुवाइबारे प्रष्टीकरण दिएकी छन् । कार्यक्रममा मन्त्रालयका सचिवले आफूलाई विभिन्न कामको क्रेडिट दिएपछि आफू भावुक बनेको उनको भनाइ छ ।

‘मान्छेका केही लुकाउने नसक्ने कमजोरी हुने रहेछन्,’ झाँक्रीले ट्विटरमा लेखेकी छन्, ‘जब मेरो मन्त्रालयका निमित्त सचिवले बिदाइ कार्यक्रममा मैले गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै हुनुहुन्थ्यो, आफ्नोबारे आफ्नै अगाडि यसरी क्रेडिट दिँदा भावविव्हल बनेँ ।’

उनी थप्छिन्, ‘मैले त्यस बेला आफूलाई सम्हाल्न सकिनँ, सबैसँग क्षमा चाहन्छु ।’


प्रतिक्रिया

2 thoughts on “बिदाइको आँशुबारे झाँक्रीले भनिन्- मैले आफूलाई सम्हाल्न सकिनँ, सरी

  1. किन माफी माग्नु पर्यो र ? कमाउन थप पाइयेन भनेर हाँ।। ।।।।व्हा।।।।।।गरेर रोयेकी होइनौ र ? तिम्रो राजनिती सधैको लागी चेट। अब रोदि घरमा गयेर गित गायेर , भावुक बन्ने अनि रुने । रोदि घरमा जान जत्ति वर्षको भयेनी हुन्छ।

  2. मन्त्री खान पार्टी फुटाएकाे पद नै गएपछि त रूनै पर्याे । कति पिर परेकाे छ मेटमणीले गर्दा । कसाे धामी जी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर