श्रममन्त्री कुँवरको प्रतिबद्धता- सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्छु – Nepal Press

श्रममन्त्री कुँवरको प्रतिबद्धता- सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्छु

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पहिलो निर्णयका रूपमा आगामी वर्षको नीति तथा कार्यक्रमका लक्ष्य पुरा गर्ने सम्बन्धी फाइल सदर गरेका छन् ।

सोमबार मध्यान्ह १२ बजे मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्ष २०७९/०८० सुरु हुन डेढ महिना बाँकी रहँदा मन्त्रालयले तयार पारेको फाइल सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।

फाइल सदर गर्दै मन्त्री कुँवरले मन्त्रालयको टिमसँग सहकार्य गरेर सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने काम गर्ने बताए ।

उनले भने, ‘म के काम गर्ने भन्दा पनि मन्त्रालयको सबै टिमसँग सहकार्य गरेर अघि बढ्नेछु । मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने चाहे आन्तरिक रोजगारी, वैदेशिक रोजगारीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ र कसरी सम्बोधन गर्न सकिन्छ, सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने काम गर्नेछु ।’

उनले थप्दै भने, ‘यस मन्त्रालयमा जे अप्ठ्यारा छन्, जस्तै वैदेशिक रोजगारीका सम्बन्धमा, वैदेशिक रोजगारीमा जाँदा नागरिकले विभिन्न समस्या भोगिरहेको सुन्छौ । ती समस्या समाधान गर्नका लागि मन्त्रालयले गरेको अध्ययन अनुसन्धानलाई केलाएर अघि बढ्ने योजना छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर