बिग्रेका कम्युनिस्ट सडेको अण्डाजत्तिकै गन्धा हुन्छन् : प्रचण्ड (भिडिओ) – Nepal Press

बिग्रेका कम्युनिस्ट सडेको अण्डाजत्तिकै गन्धा हुन्छन् : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिग्रेका कम्युनिस्ट र सडेका अण्डा उस्तै हुने बताएका छन् ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टहरू बिग्रिए संसारकै सबैभन्दा काम नलाग्नेमा परिणत हुने बताए ।

‘कम्युनिस्टहरू राम्रा हुन्छन् । वैज्ञानिक हुन्छन् । धैर्यतापूर्वक विश्लेषण गर्छन् । तर बिग्रेपछि कम्युनिष्टजति खराब कोही पनि हुँदैन । अण्डा लाभदायी हुन्छ तर सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन । अण्डा जति गन्धा केही हुँदैन । कम्युनिस्ट बिग्रिए त्यस्तै हुन्छन्’, उनले भने ।

प्रचण्डले संविधान र समाजवादलाई सफल बनाउन वाम गठबन्धन र पार्टी एकता गरे पनि सबै प्रयास केपी शर्मा ओलीका कारण बरबाद भएको बताए ।

‘कम्युनिस्टहरू राम्रा हुन्छन् भनेर एकता गरेको त आफ्ना सहयोद्धालाई देखि नसहने, बैठक, छलफल बहस गर्नै नपर्ने । भ्रष्टाचारको पराकाष्ठा केपीजीकै पालामा भयो’, प्रचण्डले भने ।

मुलुकको अर्थतन्त्रमा देखिएका असरको जिम्मेवार ओली नेतृत्वको अघिल्लो सरकार भएको आरोप पनि उनले लगाए ।

शोधनान्तर घाटाको आजको स्थिति ओली र तत्कालीन अर्थमन्त्री युवराज खतिवडाका कारण सिर्जित भएको बताए ।

‘मेरै अगाडि एमालेका शंकरजीले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्नुभयो । मेरो अगाडि त्यसो भन्न मिल्छ ? शोधनान्तर घाटाको आज जे स्थिति छ त्यसको प्रणेता केपी ओली र युवराज खतिवडा हुन्’ , प्रचण्डले भने ।


प्रतिक्रिया

3 thoughts on “बिग्रेका कम्युनिस्ट सडेको अण्डाजत्तिकै गन्धा हुन्छन् : प्रचण्ड (भिडिओ)

  1. फटाहा झुटको पुलिन्दा र नेपाल का अभिश्राप हुन प्रचण्ड ।

  2. क.प्रचण्डले कति सजिलोसँग आफ्नाे चरित्र चित्रण गर्नुभएको हाेला । बधाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर