कर्मचारी लुटपाट प्रकरण : कार नजिकै भेटिए भारतीय लुटेरा – Nepal Press

कर्मचारी लुटपाट प्रकरण : कार नजिकै भेटिए भारतीय लुटेरा

कैलाली । कैलालीको बुढीतोलामा नेपाली नागरिक लुटपाट गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरियाणाका २१ वर्षका भगत सिंह,१७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् ।

उनीहरूलाई गोदावरी नगरपालिका १ को जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू पक्राउ पर्नु भन्दा अगाडि प्रहरीले उनीहरूले लुटेर लगेको ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।

आज दिउँसो आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई निर्घात कुटपिट गरी कार लुटेर लगेका थिए । गोदावरी नगरपालिका १ स्थित ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *