कर्मचारी लुटपाट प्रकरण : भेटियो कार, लुटेरा अझै फरार – Nepal Press

कर्मचारी लुटपाट प्रकरण : भेटियो कार, लुटेरा अझै फरार

कैलाली । कैलालीको बुढीतोलाबाट भारतीय नागरिकहरूले लुटेर लगेको कार फेला परेको छ । लुटपाटमा संलग्न भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले गोदावरी नगरपालिका-१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडक खण्डमा कार फेला परेको बताए ।

आज दिउँसो जिल्लाको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलाबाट डडेलधुरा स्थित आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई निर्घात कुटपिट गरी उनको प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार लुटिएको थियो ।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि निर्घात कुटपिट गरी बाँधेर छोडेका थिए । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर