जनकपुरधामबाट भारततर्फ गइरहेको कारमा पेस्तोल बरामद, तीन जना भारतीय पक्राउ – Nepal Press

जनकपुरधामबाट भारततर्फ गइरहेको कारमा पेस्तोल बरामद, तीन जना भारतीय पक्राउ

जनकपुरधाम ‌। जनकपुरधामबाट भारततर्फ गइरहेको कारमा पेस्तोल बरामद भएपछि प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको बिहारमा पर्ने मुजफ्फरपुर ७ साहेबगञ्जका २९ वर्षीय राहुल रञ्जन, उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमार रहेका छन् ।

धनुषाको विदेह नगरपालिका १ महिनाथपुरस्थित सीमा नाकाबाट बीआर०६ एपी३००८ नम्बरको मारुती सुजुकी कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त कारको अगाडिपट्टिको बायाँ साइडको सीटमुनि मेड इन यूएसए लेखिएको ७.६५ एमएम राउण्ड थान १ लोड गरेको पेस्तोल बरामद गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *