विकट क्षेत्रमा सामान्य रोगको पनि उपचार नहुने अवस्थाको अन्त्य हुन्छ : नवनियुक्त मन्त्री खापुङ – Nepal Press

विकट क्षेत्रमा सामान्य रोगको पनि उपचार नहुने अवस्थाको अन्त्य हुन्छ : नवनियुक्त मन्त्री खापुङ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेपछि मन्त्रालयमा पुगेर मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् ।

उनलाई निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा र कर्मचारीहरूले मन्त्रालयमा स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खापुङले आगामी दिनमा जनताको सर्वसुलभ सेवालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने बताए ।

उनले कोरोनाकालमा निकै समस्या भएको र महामारीबाट सहजता ल्याउन सफल भएको धारणा राखे । स्वास्थ्य क्षेत्रमा जनतालाई दिइने सुविधामा पनि पछिल्लो समय नेपालमा सुधार भएको उनको भनाई छ ।

मन्त्री खापुङले आगामी दिनमा विकट स्थानमा सानातिना रोगको उपचार नपाउने अवस्थाको अन्त्य गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर