बजेटप्रति पूर्ण जिम्मेवार छु : अर्थमन्त्री शर्मा (भिडिओ) – Nepal Press

बजेटप्रति पूर्ण जिम्मेवार छु : अर्थमन्त्री शर्मा (भिडिओ)

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटप्रति आफू जिम्मेवार रहेको बताएका छन् । राष्ट्रियसभा बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले बजेटको अपनत्व वर्तमान सरकारले लिने बताए ।

बजेटमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिने क्रममा एमाले सांसदहरूले बैठक बहिष्कार गरेपछि मन्त्री शर्माले देश र जनताको हितका लागि बजेट ल्याउँदा कोही कसैले विरोध जनाउन नपर्ने बताए ।

बैठकमा अर्थमन्त्रीलाई जवाफ दिन रोष्टममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका थिए । एमाले सांसदको बहिस्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

अर्थमन्त्री शर्माले स्रोत तथा साधन, पुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताए ।

उनले उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिबी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि, बाँझो उपभोगविहीन जमिनको पूर्ण रूपमा प्रयोग, मल बीउ, तालिम उपलब्ध गराउने र उत्पादित वस्तु सरकारले खरिद गर्ने व्यवस्था गरिएको बताए ।

बजेटमा आयात प्रतिस्थापन गर्न निर्यात बढाउने लक्ष्यका साथ प्रोत्साहनको नीति अगाडि सारिएको उल्लेख गर्दै उनले उद्यमशीलताको विकास, ग्रामीण अर्थतन्त्रको विकासका लागि उद्यमशीलताको विकासमा जोड दिइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर