२३ अंकले घट्यो बजार, २ अर्बको कारोबार – Nepal Press

२३ अंकले घट्यो बजार, २ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन आज सेयर बजार २३.८५ अंकले घटेको छ । १.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३३.१३ अंकमा झरेको हो ।

हिजो ९२ अंकले बढेको बजार आज २३ अंकले घटेको छ ।

२ अर्ब ४ करोड ४८ लाख ३१ हजारभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर खरिदबिक्री भएको हो ।

सिवाईसी नेपाल लघुवित्त सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज ९.९९ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

नागरिक लगानी कोषको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज १५ करोड ६५ लाखभन्दा धेरै मूल्य बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर