पर्यटनमन्त्री श्रेष्ठको पहिलो निर्णय- हनुमानढोकादेखि स्वयम्भूसम्म पदमार्ग निर्माण – Nepal Press

पर्यटनमन्त्री श्रेष्ठको पहिलो निर्णय- हनुमानढोकादेखि स्वयम्भूसम्म पदमार्ग निर्माण

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा भएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने बताएका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन गरी तयार पारिएका प्रतिवेदनहरूलाई कार्य योजनाकै ढंगले लैजाने भन्दै सो सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै उनले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि अघि बढाउने निर्णयमा पनि हस्ताक्षर गरे ।

मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको र त्यसको असर अर्थतन्त्रलाई पनि प्रभावित बनाएकाले मन्त्रालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताए ।

पर्यटन क्षेत्रलाई चलायमान बनाउने कामलाई उच्च प्राथमिकता दिने उनको भनाई छ । उनले सबै कर्मचारी लगायतको साथ लिदैं कार्यसम्पादनलाई अघि बढाउने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *