पदभार ग्रहण गर्दै मन्त्री चौधरीले भने- पाँच महिनामा नतिजा देखिने गरी काम गर्छु (भिडिओ) – Nepal Press

पदभार ग्रहण गर्दै मन्त्री चौधरीले भने- पाँच महिनामा नतिजा देखिने गरी काम गर्छु (भिडिओ)

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

उनले आफूले सबैसँग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अवधिमा नजिता देखिने गरी काम गर्ने पनि बताए ।

उनले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा आफ्नो ध्यान रहने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर