लिफ्ट मागेका तीन भारतीयद्वारा गाउँपालिका कर्मचारीमाथि निर्घात कुटपिट, गाडी लुटेर भागे (भिडिओ) – Nepal Press

लिफ्ट मागेका तीन भारतीयद्वारा गाउँपालिका कर्मचारीमाथि निर्घात कुटपिट, गाडी लुटेर भागे (भिडिओ)

धनगढी । कैलालीमा फिल्मी शैलीमा एक सरकारी कर्मचारी भारतीयहरुबाट लुटिएका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरेका हुन् ।

महेन्द्रनगरबाट भण्डारीको गाडीमा लिफ्ट मागेर आएका भारतीय लुटराले गोदावरी ५ मा आइपुगेपछि उनलाई नै आक्रमण गरेका थिए । निर्घात कुटपिटपछि बाँधेर सडकमा छाडेर हिँडेको प्रहरीले जनाएको छ । उनीहरुले भण्डारीको निजी सवारी पनि लगेका छन् ।

पिडितका अनुसार महेन्द्रनगरबाट लिफ्ट दिएर ल्याएको व्यक्तिले रोकेर फोटो खिच्न आग्रह गरेपछि उनले गाडी रोके । त्यसपछि आफूलाई हातमुख बाँधेर ढुंगाले हानेको र गाडी लगेको उनले प्रहरीलाई जानकारी गराएका छन् ।

हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *