निर्मल निवास अझै फोहरी खेलमा लिप्त, नरोके थप प्रत्युत्पादक : महामन्त्री बर्तौला – Nepal Press

निर्मल निवास अझै फोहरी खेलमा लिप्त, नरोके थप प्रत्युत्पादक : महामन्त्री बर्तौला

नेपालगन्ज । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेल जारी रहेको बताएका छन् ।

उनले नेतृत्वलाई कमजोर बनाउन शक्ति र व्यक्तिहरू अझै षड्यन्त्रपूर्वक योजनाबद्ध रूपमा लागिरहेको आरोप लगाएका हुन् ।

बाँके जिल्लाको नेपालगन्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले साझा र अभिभावक राजाको रूपमा बस्ने स्वभाव र चरित्र नभएकोले राजा ज्ञानेन्द्रको पुनरागमनको कुनै सम्भावना नभएको जिकिर गरे ।

‘व्यापार—व्यवसाय, नाचगान ,खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ, त्यसमा नै रमाउँदा राम्रो हुन्छ’ बर्तौलाले भने, ‘राजसंस्था प्रति सम्मान छ , विरोध आलोचना गर्नु छैन । तर आफ्नो मान मनितोमा त बस्नु पर्‍यो नि ! राप्रपा नेपालमा लागेका मान्छेहरूलाई नलाग , छोड भनेर लोभ, आश्वासन दिइराखेको सूचना र प्रमाण छ , त्यो आपत्तिजनक छ ।’

उनले अगाडि भने, ‘राजाका सचिवहरूले फोन गरेर हैरान गरे, अचेल त फोन नै उठाउन छाड्यौ भनेर हाम्रा नेता कार्यकर्ताहरूले भन्नुभएको छ ।’

राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबरजस्त ढङ्गबाट उदाउने दाबी गर्दै उनले राप्रपा नेपालको गतिलाई रोक्ने दुष्साहस नगर्न आग्रह गरे ।

कार्यक्रममा सह महामन्त्री हिकमत ढकालले संगठन निर्माणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर