आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना – Nepal Press

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बिमितहरुका लागि आईएमई बालकिरण जीवन बीमा योजना ल्याएको छ । पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुने बीमालेख भएको सार्वजनिक गरेको छ ।

बच्चाको जन्मलगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउँछ ।

यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले बताए ।

खासगरी अभिभावक तथा नवअभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकताअनुसारको बीमा अवधि छनेट गर्न सकिने छ । दुर्घटना तथा बिरामीको थप जोखिम बहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी कम्पनीले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर