सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता – Nepal Press

सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चत्तम ब्याज प्राप्त गर्न सक्नेछन ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाखमै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।

यस खातामा विभिन्न सेवाहरु विनाकुनै शर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । बैंकका अनुसार यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर