आदर्श लघुवित्तको आईपीओ बाँडफाँट – Nepal Press

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो ।

६ हजार २ सय ५६ जनाले गोलाप्रथाबाट १०-१० कित्ता आईपीओ पाएका छन् । भने, ५ जनाले ११–११ कित्ताका दरले पाएका हुन् । लघुवित्तले ६२ हजार ६ सय १५ कित्ता आईपीओ सर्वसाधारणको लागि ल्याएको थियो ।

आईपीओ आवदेन दिएकाहरूले लगानीकर्ताले बिक्री प्रबन्धक वेबसाइट, मेरो सेयर एकाउन्ट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट आईपीओ परे नपरेको हेर्ने सक्ने छन् ।

निष्कासित आईपीओमध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीलाई , ३ हजार ३ सय ५० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि छुट्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर