हुलमुलका भोटको मृत सिद्धान्त र अराजक पार्टी ! – Nepal Press
नेपाल चिन्तन

हुलमुलका भोटको मृत सिद्धान्त र अराजक पार्टी !

नेपाली राजनीति सत्ताधारी पार्टीको नालायकीका कारण सिद्धान्तहीन अराजकतातिर जाने खतरा बढिरहेको छ । एमाले र माओवादीको एकतापछि वामपन्थी राजनीतिमा कैयौं सकारात्मक सञ्चार भएको थियो । तर, नेपाल कम्युनिष्ट पार्टीको विघटनपछि एकीकृत शक्ति तहसनहस भएको छ । खुम्चिएको नेपाली कांग्रेसले विस्तार हुने मौका पाएको छ । नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु आफ्नो विचार र सिद्धान्तका आधारमा होइन, व्यक्ति, गुट र समूहका आधारमा सञ्चालन हुँदै आएका छन् ।

राज्यका अंगहरु राजनीतिक हस्तक्षेप र भ्रष्ट सञ्चालनबाट लाचार बनाइएका कारण आम जनतामा धेरै वितृष्णा फैलिएको छ । यस परिस्थितिलाई बौद्धिक हस्तक्षेपमार्फत् जनतामा जागरण ल्याउनुपर्नेमा पढे–लेखेका, बुद्धिजीवी र पर्याप्त अवसर नपाएका व्यक्तिहरुले ध्वंस, अराजक र सिद्धान्तहीन चरित्रको प्रदर्शन गरेका छन् । मुख्य राजनीतिक मुद्दामाथि भ्याकुम खडा गरेर देशलाई अराजकता, अस्थिरतातिर लगेर निश्चित समूहका स्वार्थ पूरा गर्ने माध्यम बन्दै गएको छर्लङ्ग देखिएको छ ।

राजनीतिको महत्वपूर्ण पक्ष भनेको मानव सभ्यताको निर्माण हो । राजनीतिक दर्शन, सिद्धान्त, विचार, नीति, कार्यक्रम, संगठन, संस्कार, आचरण, व्यवहारबाट राजनीतिक सभ्यताको निर्माण हुने गर्दछ । नयाँ पार्टीका नेताहरुले यी पक्षहरुलाई पूरै उपेक्षा गरेको देखिएको छ । तिनीहरुसँग कुनै व्यवस्थित दस्तावेजसमेत छैन ।

गलत चीजलाई विस्थापन गर्न सही चीज आवश्यक पर्छ । राजनीतिक दलहरुमा जुन प्रकारको विचलन देखापरेको छ, त्यसविरुद्ध सही विचार, सिद्धान्त, दृष्टिकोण र हस्तक्षेपकारी भूमिका आवश्यक बन्दै गएको छ । देशलाई जुन दिशामा लैजानुपर्ने हो, त्यो दिशामा होइन, उल्टो दिशामा हिँडाउन खोजिएको छ । दर्शन, सिद्धान्त, विचार, नीति, कार्यक्रम, संगठन केही होइन । तर, अहिले भएका पार्टीलाई चुनावमा हराउनमात्रै नयाँ राजनीतिक पार्टी चाहिन्छ भन्ने स्थितिमा देशलाई किन, कसका लागि र कसरी लगिँदैछ भन्ने विषयमा केन्द्रित भएर यो लेख तयार गरिएको छ ।

राजनीतिक सभ्यताको उपेक्षा

देशको राजनीतिमा विचित्रको मनोभावना विकास भएको छ । राजनीति भनेकै मेयर, सांसद, मन्त्री, सत्ता, सरकार भन्ने मनोविज्ञानको विकास भएको छ । देशमा स्थापित पार्टीहरुले नै यो स्थितिको सिर्जना गरेका हुन् । यही भ्रष्ट संस्कृतिलाई पछ्याउँदै नयाँ खोलिएका पार्टीहरु छिटोभन्दा छिटो सरकारमा पुग्न चाहन्छन् । ‘तातै खाउँ, जल्दै मरुँ’ भन्ने तरिकाको राजनीतिले युवाहरुलाई दीर्घकालसम्म राजनीतिक डिप्रेसनमा लैजाने खतरा देखिँदै आएको छ । अहिलेको तरिकाले युवाहरुलाई राजनीतिमा ल्याउने होइन, छिटो वितृष्णा पैदा गराउने निश्चित छ । केही वर्षअगाडि विवेकशील र साझा पार्टीका नेताहरु अहिले भटाभट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हिँड्नुले त्यही कुरा दर्शाउँछ । राजनीतिमा सफलता, असफलता, जीत, हारजस्ता सबै खालका परिस्थितिहरुको सामना गर्न तयार भएर आउनुपर्नेमा त्यो मनोविज्ञानका साथ आएको देखिँदैन । सानो असफलता हुने स्थिति देखापर्‍यो भने त्यसरी संगठित भएका व्यक्तिहरुले पार्टी छोडेर पलायन भएका ताजा उदाहरणहरु देखिन्छन् । त्यस्तो किन भयो भने उनीहरुमा सैद्धान्तिक, वैचारिक, सांगठनिक आदि परिपक्वता थिएन ।

नयाँ गठन गरिएका पार्टी र तिनीहरुका नेताहरुमा राजनीतिक सभ्यताको कुनै मतलब रहेको छैन । तिनीहरुले राजनीतिक सभ्यता बसाल्ने कुनै योजना पेश गर्न सकेका छैनन् । तिनीहरुको प्रमुख उद्देश्य भनेको आफू नेता हुनु हो । जसरी हुन्छ, चर्चा कमाउने, नेता हुनेबाहेक तिनीहरुसँग कुनै उद्देश्य छैन ।

राजनीतिको महत्वपूर्ण पक्ष भनेको मानव सभ्यताको निर्माण हो । राजनीतिक दर्शन, सिद्धान्त, विचार, नीति, कार्यक्रम, संगठन, संस्कार, आचरण, व्यवहारबाट राजनीतिक सभ्यताको निर्माण हुने गर्दछ । नयाँ पार्टीका नेताहरुले यी पक्षहरुलाई पूरै उपेक्षा गरेको देखिएको छ । तिनीहरुसँग कुनै व्यवस्थित दस्तावेजसमेत छैन । रवीन्द्र मिश्रको पार्टीसँग कुनै व्यवस्थित दस्तावेज थिएन भने रवि लामिछानेको पार्टीसँग पनि त्यसप्रकारको दस्तावेज हुने सम्भावना अहिलेसम्म देखिएको छैन । नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीको स्थापनाको इतिहास हेर्ने हो भने तिनीहरुसँग तत्कालीन र दीर्घकालीन उद्देश्यहरु थिए, रणनीतिहरु थिए । दर्शन थिए, सिद्धान्त थिए । आदर्श र सभ्यता निर्माणका महान लक्ष्यहरु थिए । ती कार्य सम्पन्न गर्न दृढ भएका नेताहरु थिए ।

दार्शनिक सुकरात, अरस्तु, कौटिल्य, कार्ल मार्क्स, महात्मा गान्धी, अब्राहम लिंकन, जर्ज वासिङ्टन, माओ त्सेतुङ आदि जे जति दार्शनिक र नेताहरु संसारमा उदाएका छन्, तिनीहरुले बृहत् राजनीतिक सभ्यताको निर्माण गरेका छन् । नेपालमै पनि बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, सुवर्णशमशेर राणा, मनमोहन अधिकारी आदि नेताहरुले राजनीतिक सभ्यता निर्माण गरेका छन् । वर्तमान सत्तामा रहेका नेताहरुले पूर्वजहरुले निर्माण गरेको राजनीतिक सभ्यतामाथि हमला गरेका छन् । संस्थापक नेताहरुले निर्माण गरेका सभ्यताहरुलाई लत्याइएको छ ।

नयाँ गठन गरिएका पार्टी र तिनीहरुका नेताहरुमा राजनीतिक सभ्यताको कुनै मतलब रहेको छैन । तिनीहरुले राजनीतिक सभ्यता बसाल्ने कुनै योजना पेश गर्न सकेका छैनन् । तिनीहरुको प्रमुख उद्देश्य भनेको आफू नेता हुनु हो । जसरी हुन्छ, चर्चा कमाउने, नेता हुनेबाहेक तिनीहरुसँग कुनै उद्देश्य छैन । तिनीहरुले देशको राजनीति डो¥याउन थाले भने नयाँ राजनीतिक सभ्यताको विकास त हुनेछैन नै, भइरहेको राजनीतिक सभ्यता नष्ट हुनेछ । विचारविहीन राजनीति निकै खतरनाक हुन्छ भन्ने कुरा राजनीतिक दलभित्र अहिले भइरहेका वितण्डाहरुबाट पनि प्रस्ट हुन्छ ।

राजनीतिमा विज्ञान, कला, साहित्य, संस्कृति महत्वपूर्ण पक्ष रहेको हुन्छ । नेपालमा खुलेका राजनीतिक पार्टीहरुले कलाकारहरुको बेग्लै, साहित्यकारहरुको बेग्लै, बुद्धिजीवीहरुको बेग्लै संगठन निर्माण गरेको देखिन्छ अथवा यसरी पनि भन्न सकिन्छ कि पार्टीले अगाडि सारेका राजनीतिक सिद्धान्त र विचारलाई टेवा पुग्ने कला, साहित्यको निर्माण भइरहेको हुन्छ । यो नेपालको मात्रै नभएर विश्व राजनीति र विश्व साहित्यको सन्दर्भमा पनि सत्य कुरा हो । राजनीतिक पार्टी भनेको विशुद्ध मान्छेहरुको संगठनमात्रै होइन । राजनीतिले समाजका सबै क्षेत्रलाई आफ्नो प्रभावमा राखेको हुन्छ । त्यसबाट समाजमा बृहत् संस्कृतिको निर्माण भएको हुन्छ भन्ने कुरा आम मान्छेले वास्ता गरेको पाइँदैन ।

पार्टीका सदस्यहरुलाई कस्तो साहित्य पढाउने, इतिहास, भूगोल, अर्थशास्त्र जस्ता गहन विषयमा कस्ता सामग्री तयार गर्ने र तिनलाई पार्टी पंक्तिसम्म पुर्‍याउने भन्ने विषयमा गम्भीरतापूर्वक बहस र छलफल हुन जरुरी छ ।

पार्टीका सदस्यहरुलाई कस्तो साहित्य पढाउने, इतिहास, भूगोल, अर्थशास्त्र जस्ता गहन विषयमा कस्ता सामग्री तयार गर्ने र तिनलाई पार्टी पंक्तिसम्म पुर्‍याउने भन्ने विषयमा गम्भीरतापूर्वक बहस र छलफल हुन जरुरी छ । नेपाल मजदुर किसान पार्टी र नेकपा (मसाल)ले पार्टी स्कुल नै सञ्चालन गरेका छन् । ती पार्टीहरुले एउटा सभ्यताको निर्माण गर्ने प्रयत्न गरिरहेका छन् । नेपाल मजदुर किसान पार्टी त स्थानीय कला, संस्कृति र सभ्यता निर्माणमा निकै अगाडि बढिसकेको छ ।

रामेश, रायन, जीवन शर्मा, जेबी टुहुरे, माइला लामा, खुशीराम पाख्रिन आदि कलाकारहरुले प्रगतिशील गीत संगीतको क्षेत्रमा धेरै ठूलो योगदान दिएका छन् । ती गीतहरु जनताको मनमनमा गढेर बसेका छन् । ती गीतहरुले जनताको आवाज बोलेका छन् । गीतसंगीतले जनतालाई ऊर्जा दिएको पाइन्छ । बीपी कोइरालाका साहित्यहरु आज पनि खोजी खोजी पढिन्छन् । मोदनाथ पश्रित, खगेन्द्र संग्रौला, निनु चापागाईं, नारायण ढकाल, विमल निभा, आहूति आदि धेरै साहित्यकारहरुले वामपन्थी तथा प्रगतिशील साहित्यलाई माथिल्लो उचाइमा पुर्‍याएका छन् । राजनीतिक संस्कृति निर्माणमा सयौं कलाकार, साहित्यकार, बुद्धिजीवीहरुको योगदान रहेको हुन्छ ।

राजनीतिका सारा सिद्धान्त र स्थापित मूल्य, मान्यतालाई लत्याउँदै रवीन्द्र मिश्र र रवि लामिछानेले आफूलाई मात्रै केन्द्रमा राखेर जुन तरिकाले पार्टी बनाएका छन्, यसले राजनीतिमा चर्चा बटुले पनि तिनीहरुले पार्टीलाई दीर्घकालसम्म लैजाने उद्देश्य राखेको देखिँदैन । तिनीहरुले हुलमुलका भोटहरु ल्याएर पार्टी बनाउने र त्यहींबाट स्थापित हुने जुन सपना देखेका छन्, त्यो प्रदूषित र खराब सपना हो । पार्टी भनेको सिद्धान्तनिष्ट, लक्ष्य र उद्देश्यप्रति दृढ, परिपक्व, व्यवहारिक, वैज्ञानिक, असल स्वभाव र आचरण भएका व्यक्तिहरुले निर्माण गर्ने उत्कृष्ट संस्था हो भन्ने तिनीहरुले बुझ्नुपर्दछ र, त्यस दिशामा आफूहरुलाई अगाडि बढाउनुपर्दछ ।

राष्ट्रिय मुद्दाहरुमा मौनता

केही वर्ष पहिले खुलेका विवेकशील पार्टी, साझा पार्टी र अहिले खुल्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी एकै खालका छन् । तिनीहरु सबैको पार्टी निर्माणको तरिका पनि उस्तै रहेको छ । तिनीहरुले सत्ताधारी पार्टीहरुको विरुद्धमा जनमत खडा गरेर पार्टी बनाउने प्रयत्न गरेका थिए, गरिरेहका छन् । सामान्यतयाः सत्ताविरुद्धको जनमत विद्रोही हुन्छ, त्यसले नयाँ पार्टीप्रति सुरुमा आकर्षण दिन पनि सक्छ । नेपालमा नयाँ खोलिएका पार्टीमा हुनुपर्ने कैयौं महत्वपूर्ण गुणहरु रहेका छैनन् । दूधमा हुनुपर्ने गुणहरु कमेरो वा चुना मिसाएको सेतो पानीमा हुँदैन । नयाँ खोलिएका पार्टीहरु दूध जस्तै सेतो रंगका देखिन्छन् । तर, तिनीहरुमा सेतो रंग र तरल गुणबाहेक दूधमा हुनुपर्ने कुनै पनि गुणहरु हुँदैनन् । पानीमा कमेरो वा चुना घोलेर त्यसैलाई दूध हो भनेर प्रचार गरिएको छ ।

पार्टी भनेको सिद्धान्तनिष्ट, लक्ष्य र उद्देश्यप्रति दृढ, परिपक्व, व्यवहारिक, वैज्ञानिक, असल स्वभाव र आचरण भएका व्यक्तिहरुले निर्माण गर्ने उत्कृष्ट संस्था हो भन्ने तिनीहरुले बुझ्नुपर्दछ र, त्यस दिशामा आफूहरुलाई अगाडि बढाउनुपर्दछ ।

पार्टीको दर्शन के हो ? सिद्धान्त के हो ? तत्कालीन र दीर्घकालीन नीति के हो ? देशको शासकीय स्वरुपबारेको धारणा के हो ? देशको विकास, अर्थ नीति, विदेश नीति, निर्वाचन प्रणाली, शासकीय स्वरुप, शिक्षा, स्वास्थ्य, आदिबारेको नीति के हो ? राजनीतिक पार्टीहरुले यस्ता धेरै विषयमा प्रस्ट धारणा बनाउनुपर्ने हुन्छ । रवीन्द्र मिश्रको पार्टीले यी विषयहरुमा आफ्नो प्रस्ट धारणा बनाइनसक्दै विघटनको अवस्थामा पुगेको छ । रवि लामिछानेले पनि यी विषयहरुमा धेरै कुरा बाहिर ल्याएका छैनन् । जब उनले आफ्नो पार्टीको सिद्धान्त, विचार र राजनीतिलाई सार्वजनिक गर्नेछन्, त्यसपछि मात्रै उनको पार्टीले कुन दिशा लिन्छ भन्ने थाहा हुनेछ ।

नयाँ पार्टीहरुको मुख्य उद्देश्य अहिले भइरहेका पार्टीहरुको विरोध र गालीगलौज गर्नुमात्रै देखिन्छ । यसरी खुलेका पार्टीहरुले लामो दौड दौडन सक्दैनन् । तिनीहरु बीचमै थाक्नेछन् । किनभने तिनीहरुसँग लामो यात्रा गर्न सक्ने रसद–पानी रहेको छैन । पार्टीमा हुनुपर्ने आधारभूत तत्वहरुलाई नजरअन्दाज गरेर पार्टीले कठिन र लामो यात्रा गर्न सक्दैन ।

हामी केही मुद्दाहरुलाई लिन सक्छौं । विगतमा संसद विघटन भएको अवस्थामा रवीन्द्र मिश्रले ठीक वा बेठीक भन्नेबारेमा कुनै प्रस्ट धारणा दिन सकेनन् । तिनी नेपालको शासन प्रणाली र संविधानका बारेमा अस्पष्ट थिए । विचारभन्दा माथि देश भन्ने रवीन्द्र मिश्रको दस्तावेजले कुनै गति लिन सकेन । बरु पार्टीलाई फुटको दिशामा लग्यो ।

राष्ट्रिय महत्व राख्ने अन्य मुद्दाहरु पनि छन् । विदेशीहरुले हात हालेका एमसीसी, माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण तेस्रो जस्ता ठूला परियोजनाका बारेमा ती पार्टीहरुको धारणा के हो ? एसपीपीको बारेमा तिनीहरुको धारणा के हो ? भारतले बनाएका बाँधका कारण वर्षाको समयमा तराईमा डुबान हुने गर्छ, तिनीहरुले भारतीय बाँध भत्काउने कुरा किन गर्दैनन् ? देशको राजनीतिमा आइरहने मुद्दाहरुमा मौन बस्ने तरिका खतरनाक हुन्छ ।

नेपालमा नयाँ खोलिएका पार्टीमा हुनुपर्ने कैयौं महत्वपूर्ण गुणहरु रहेका छैनन् । दूधमा हुनुपर्ने गुणहरु कमेरो वा चुना मिसाएको सेतो पानीमा हुँदैन । नयाँ खोलिएका पार्टीहरु दूध जस्तै सेतो रंगका देखिन्छन् । तर, तिनीहरुमा सेतो रंग र तरल गुणबाहेक दूधमा हुनुपर्ने कुनै पनि गुणहरु हुँदैनन् ।

राजनीतिक कार्यक्रमहरुमा कस्ता मान्छे आउँछन् भन्ने कुराले धेरै महत्व राख्ने गर्दछ । जनतालाई आफ्ना मुद्दाहरुबारेमा प्रस्टसँग बुझाएर कार्यक्रममा आउन आह्वान गर्नुपर्छ । रवि लामिछानेले पार्टी स्थापनाको कार्यक्रममा चर्चबाट मान्छेहरु ओसारिएको हो भनेर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । राजनीतिक पार्टीका कार्यक्रमहरुमा चर्चबाट मान्छे ओसारिएको हो भने त्योभन्दा खतरनाक पक्ष अरु हुन सक्दैन ।

संस्थागत नहुँदै पतन

विगत केही वर्षमा स्थापना गरिएका पार्टीहरु स्थापनाले पूर्ण आकार नलिँदै पतन भएका छन् । स्थापित पार्टी र तिनका नेताहरुले केही गरेनन्, मैले पाँच वर्षमै सबैथोक गर्छु भन्नेजस्ता उत्ताउला र उरन्ठेउला नेताहरुको पतन स्वाभाविक हो । तिनीहरुसँग तत्काल नेता भइखानेबाहेक कुनै दीर्घकालीन उद्देश्य थिएन । ठूला राजनीतिक दलहरु आपसमा झगडा गरेर देश बर्बाद बनाए भनेर नथाक्ने रवीन्द्र मिश्रको पार्टी केही वर्षमै आन्तरिक झगडाका कारण थलामात्रै परेन, झण्डै विघटनको अवस्थामा पुग्यो । त्यहाँ त्यस्तो किन भयो ? यसको जवाफ सरल छ । रवीन्द्र मिश्रका पार्टीका मान्छेहरु छिटो नेता हुन चाहन्थे । व्यवहारमा त्यो सम्भव थिएन । ठूला राजनीतिक पार्टीका नेताहरु एकै रातमा स्थापित भएका होइनन्, लामो संघर्ष, जनता र पार्टीको काम गरेर स्थापित भएका हुन् । छिटो स्थापित हुने नाममा सामाजिक सञ्जाल र मिडियालाई प्रयोग गरेर हुने कुरा सबैको लागि सम्भव थिएन ।

नयाँ पार्टीहरुको मुख्य उद्देश्य अहिले भइरहेका पार्टीहरुको विरोध र गालीगलौज गर्नुमात्रै देखिन्छ । यसरी खुलेका पार्टीहरुले लामो दौड दौडन सक्दैनन् । तिनीहरु बीचमै थाक्नेछन् । किनभने तिनीहरुसँग लामो यात्रा गर्न सक्ने रसद–पानी रहेको छैन ।

रवि लामिछानेले पनि पुराना पार्टीहरुको बारेमा त्यही कुरा भनेका छन् कि ठूला पार्टीहरुमा आन्तरिक झगडा भएर देश बर्बाद भयो । अब भने लामिछानेले पनि पार्टी बनाएका छन् । उनको पार्टीमा पहिलो बैठकमा खासै मतभेद नहोला । किनभने सबै व्यक्तिहरु वास्तविकताभन्दा टाढा, सपना र भावनामा बगिरहेका हुन्छन् । दोस्रो बैठकबाट मतभेदहरु सुरु हुनेछन्, त्यो विचारको द्वन्द्वको सार्वभौम नियम हो । त्यहाँ पनि छिटो नेता हुने चाहनाका मान्छेहरु निश्चित रुपमा धेरै आउनेछन् । त्यतिबेला तिनीहरुले रवि लामिछानेविरुद्ध गुटबन्दी गर्ने छैनन् भनेर भन्न सकिँदैन । सुरुमा रवीन्द्र मिश्रलाई नेता मान्न तयार भएका सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहालजस्ता नेताहरु विस्तारै गुटबन्दी गर्न थाले । मिश्रलाई नेता मान्न छोडेर पार्टीबाट बाहिरिए । त्यसपछि क्रमशः धेरै नेताहरु त्यहाँबाट बाहिरिए र रवीन्द्र मिश्रको पार्टी विघटनको डिलमा उभिएको छ ।

रवि लामिछानेको अहिलेको राजनीतिलाई हेर्दा के कुरा ठोकुवासाथ भन्न सकिन्छ भने त्यहाँ सिद्धान्तहीन संघर्ष हुनेछ । किनभने उनले कुनै विचार वा सिद्धान्त अपनाएका छैनन् । विचार र सिद्धान्त नभएको पार्टीमा स्वार्थको सिद्धान्तहीन संघर्ष हुनेछ । रवि लामिछानेको पार्टीमा आउने सबैलाई एउटामात्रै हुटहुटी हुनेछ । त्यो हो, कसरी छिटोभन्दा छिटो नेता हुने ? बाहिर भाषणबाजी गर्दा देश बनाउने, भ्रष्टाचार नगर्ने आदि इत्यादि भने पनि तिनीहरुको भित्री उद्देश्य छिटोभन्दा छिटो नेता बन्नेमात्रै हो । राजनीतिक कुरा गर्नु, दलहरुको आलोचना गर्नु र पार्टी संगठन निर्माण र सञ्चालन गर्नुमा निकै फरक छ ।

विचार र सिद्धान्त नभएको पार्टीमा स्वार्थको सिद्धान्तहीन संघर्ष हुनेछ । रवि लामिछानेको पार्टीमा आउने सबैलाई एउटामात्रै हुटहुटी हुनेछ । त्यो हो, कसरी छिटोभन्दा छिटो नेता हुने ? बाहिर भाषणबाजी गर्दा देश बनाउने, भ्रष्टाचार नगर्ने आदि इत्यादि भने पनि तिनीहरुको भित्री उद्देश्य छिटोभन्दा छिटो नेता बन्नेमात्रै हो ।

धेरै टाढाको इतिहास हेर्नु पर्दैन, २०६४ र २०७० सालमा समानुपातिक भोटबाट निर्माण भएका एकनाथ ढकाल, प्रेमबहादुर सिंह, गंगा चौधरी, विश्वेन्द्र पासवानले नेतृत्व गरेका साना पार्टीहरु राजनीतिक दृश्यबाट हराएर गएका छन् । २०७० सालको संविधानसभाको चुनावपछि संसदमा ३२ वटा पार्टीहरुको प्रतिनिधित्व रहेको थियो । सिद्धान्तहीन व्यक्तिहरुले गैरराजनीतिक तरिकाले बनाएका पार्टीहरु समाप्त भइसकेका छन् । तिनीहरुले पनि रवि लामिछाने वा रवीन्द्र मिश्रले झैं चर्का कुरा गर्थे । तिनीहरुले संसदमा निकै होहल्ला गर्थे । रवि लामिछानेले जतिसुकै समानुपातिक भोट बटुले पनि त्यो पार्टीको कुनै दार्शनिक, सैद्धान्तिक, वैचारिक हैसियत हुनेछैन । त्यसले देशको राजनीतिलाई कुनै दिशा निर्देश गर्न सक्नेछैन । यदि उनीहरुले आफूलाई सैद्धान्तिक जगमा उभ्याउन थाले, दर्शन, सिद्धान्त, विचारलाई अगाडि सार्नथाले भने त्यतिबेला फरक ढंगले बहस हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.