एमालेद्वारा बागमती प्रदेशको बजेट पुस्तक फिर्ता – Nepal Press

एमालेद्वारा बागमती प्रदेशको बजेट पुस्तक फिर्ता

हेटौँडा । प्रदेशको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा प्रदेश सरकारले ल्याएको बजेट पुस्तक फिर्ता गरेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट एमालेलाई मान्य नभएको भन्दै आज बजेट पुस्तक फिर्ता गरिएको हो ।

नेकपा एमालेको संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख सचेतक दीपक निरौला लगायतका प्रदेश सभा सदस्यहरूको टोलीले आज मुख्यमन्त्री राजेन्द्रराज पाण्डेलाई बजेट पुस्तक फिर्ता गरेको हो ।

बजेट पुस्तकमा भएका गलत मनसाय प्रेरित कर छुटको व्यवस्था, नीतिगत भ्रष्टाचार हुने योजना, असमानता लगायतका कुराहरू नसच्चाएसम्म स्वीकार गर्न नसकिने एमालेको भनाई छ ।

सरकारले प्रस्तुत गरेको बजेटमा वितरणमा असमानता, गलत मनसाय सहितको कर छुट, सत्ता गठबन्धनले जितेका स्थानीय तह तथा वडामा मात्र बजेट विनियोजनलाई प्राथमिकता दिएको बजेट अघि प्रति पक्ष दलसँग गरेको समझदारीको पूर्ण बेवास्ता गरेकोले बजेट पुस्तक फिर्ता गरिएको दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए ।

बजेटलाई नसच्याएसम्म प्रदेशसभा अवरुद्ध गर्ने कार्यक्रमलाई समेत जारी राखिने निरौलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *