श्रममन्त्री श्रेष्ठको सोमबार बिदाइ हुँदै – Nepal Press

श्रममन्त्री श्रेष्ठको सोमबार बिदाइ हुँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको बिदाइ हुने भएको छ ।

मन्त्री श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधित्व गर्दै आएका थिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसहितको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय गरेको लामो समयसम्म पनि मन्त्रीले राजीनामा नदिएर बसेका थिए ।

आइतबार शहरी विकासमन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर बिदा लिए पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले बिदाइ गरेर जान जरुरी नभएको प्रतिक्रिया दिएका थिए ।

तर, आइतबार साँझ नै राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीमण्डलको सूची सार्वजनिक गरे पछि श्रेष्ठ पत्रकार सम्मेलन गरेर बिदाइ तथा यस बीचमा गरेका कामबारे जानकारी गराएर बिदा हुन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर