इलाममा बोलेरो दुर्घटना- तीन जनाको मृत्यु – Nepal Press

इलाममा बोलेरो दुर्घटना- तीन जनाको मृत्यु

विराटनगर। इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँस्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाउँपालिका–६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।

दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *